Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

यस्तो छ विश्वभर कोरोनाको पछिल्लो अवस्था

Tuesday, December 15, 2020 National Power

काठमाडौं-विश्वभर कोरोना भाइरसको संक्रमित संख्या सात करोड ३१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठका अनुसार हाल सम्म सात करोड ३१ लाख ८८ हजार तीन सय ९५ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये १६ लाख २७ हजार सात सय ८३ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म पाँच करोड १३ लाख २२ हजार पाँच सय १२ जनाले कोरोना जितेका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ६९ लाख ४२ हजार आठ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको । त्यहाँ तीन लाख आठ हजार ८९ जनाको संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, भारतमा ९९ लाख, ६ पाँच सय सात संक्रमितमध्ये एक लाख ४३ हजार सात सय ४६ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म दुई लाख ४९ हजार दुई सय ४४ जना पुगेको छ । त्यसमध्ये दुई लाख ३६ हजार पाँच सय ७३ जनाले कोरोना जितेका छन । हालसम्म नेपालमा १७ सय १६ जनाले कोरोना संक्रमणकै बेला ज्यान गुमाएका छन ।