Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

काँग्रेस देशव्यापी विरोध प्रदर्शन गर्दै

Monday, December 14, 2020 National Power

काठमाडौं- नेपाली काँग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ । सरकारविरुद्ध हुने प्रदर्शन ७७ वटै जिल्लामा हुनेछन् । यसका लागि काँग्रेसले केन्द्रीय नेताहरुलाई देशैभरी खटाएको छ ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उदघाटनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा आउने अवस्था बनेको छ । सभापति शेरबहादुर देउवाले सरकारको कार्यशैलीको आलोचना गर्दै प्रदर्शनमा आउनुपरेको जनाएका छन् । उनले हिजो नै विज्ञप्तिमार्फत् काँग्रेस कार्यकर्ता र लोकतन्त्रवादीलाई प्रदर्शनमा आउन आग्रह गरेका हुन् ।

यसैगरी काँग्रेसले देशभर केन्द्रीय नेता खटाएको छ । सभापति शेरबहादुर देउवा मकवानपुरको प्रदर्शनमा सहभागी हुँदैछन् । उनका साथमा प्रवक्ता विश्वप्रकाश शर्मा पनि छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा। सशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषाको प्रदर्शनमा सहभागी भई सम्बोधन गर्ने छन् ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी पोखरा, डा. रामशरण महत चितवन, प्रदीप पौडेल कञ्चनपुर, गोपालमान श्रेष्ठ काभ्रे, गगन थापा कैलाली, चन्द्र भण्डारी नुवाकोट, सुरेन्द्र पाण्डे रुपन्देही, पुष्पा भुषाल अर्घाखाँची, जीवन परियार गुल्मी, धनराज गुरुङ स्याङ्जा र नैनसिंह महर दोलखामा खटिएका छन् ।