Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

कोभ्याक्समार्फत २० प्रतिशत खोप

Tuesday, December 8, 2020 National Power

काठमाडौं- सरकारले कोरोना भाइरसविरुद्धको खोप टुंगो लाग्नेबित्तिकै कोभ्याक्समार्फत २० प्रतिशत ल्याउने तयारी गरेको छ। सुरुमा ३ र दोस्रो चरणमा १७ प्रतिशत खोप ल्याइने स्वास्थ्य विभागअन्तर्गत खोप शाखा प्रमुख डा झलक शर्मा गौतम बताउँछन्। डा गौतमका अनुसार ३ प्रतिशतले ९ लाख र १७ प्रतिशतले झन्डै ६० लाख जनसंख्यालाई पुग्नेछ।

विभागअन्तर्गतकै आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीका अनुसार खोप भण्डारण व्यवस्थापनको तयारी भइरहेको छ। कोभिड खोप भण्डारण समितिका संयोजकसमेत रहेका भण्डारी पहिलो चरणमा ल्याइने खोपका लागि तयारी पूरा भइसकेको सुनाउँछन्।

‘दोस्रो चरणमा ल्याउने खोप भण्डारण गर्न आवश्यक गृहकार्य भइरहेको छ’, उनी भन्छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) , गाभीलगायत स्वास्थ्य संस्थाको विश्वव्यापी सञ्जाल कोभ्याक्सअन्तर्गत आउने खोप न्यून शुल्क वा निःशुल्क रूपमा उपलब्ध हुने जनाइएको छ। कोभ्याक्सको गाइडलाइनअनुसार स्वास्थ्यकर्मीलगायत फ्रन्टलाइनमा कार्यरतलाई पहिलो चरणमा खोप लगाउनुपर्ने व्यवस्था छ।

नेपालमा १५ वर्षमुनिका बालबालिकालाई खोप कार्यक्रममा समेटिएको छैन।

अन्नपूर्ण पोस्ट् दैनिकबाट