Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु

Thursday, December 3, 2020 National Power

काठमाडौं,- विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको हो ।

विश्वभर संक्रमितको संख्या ६ करोड ४८ लाख पुगेको छ । जसमध्ये ४ करोड ४९ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८४ लाख सक्रिय संक्रमित छन् ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ७९ लाखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ एक करोड ४३ लाख संक्रमित संख्या छ ।

भारतमा ९ लाख ५३ हजार संक्रमित मध्ये एक लाख ३८ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख संक्रमितमध्ये एक लाख ७४ हजारको मृत्यु भएको छ । रुसमा २३ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ । फ्रान्समा २२ लाख संक्रमितमध्ये ५३ हजारको मृत्यु भएको छ ।

नेपालमा २ लाख ३६ हजार २ सय ४६ संक्रमितमध्ये १५ सय ३८ को मृत्यु भएको छ ।