Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

बलिउड अभिनेता चियानको घर बमले उडाउने धम्की

Tuesday, December 1, 2020 National Power

मुम्बई – साउथ सुपरस्टार चियान विक्रमलाई घर बमले उठाउने धम्की मिलेको छ । सोमबार एक ब्यक्तिले उनलाई फोनबाट उक्त धम्की दिएका हुन् । धम्की आउने बितिकै विक्रमले उक्त कुराको जानकारी पुलिसलाई खबर दिएका थिए । खबर गर्ने बितिक्कै पुलिस कुकुर र बम डिस्पोजल टोलीसहित उनको घरमा पुगेको थियो ।

तत्कालै पुलिसले धम्की दिने ब्यक्तिको समेत खोजतलास समेत गरेको थियो । सो क्रममा विल्लुपुरम नामका एक ब्यक्तिले सो धम्की दिइको पत्ता लागेको छ । अन्य अनुसन्धान भइरहेको छ । विक्रम चेन्नाइको बेसेन्ट नगरमा बस्दै आएका छन् ।

यसरी फोनबाट धम्की पाउने उनी पहिलो अभिनेता भने होइनन् । उनीभन्दा अगाडि फोनबाट यस्तै धम्की कलाकार विजय विजय, अजित, सुर्या, विजयकान्त र रजनीकान्तलाई पनि मिलेको थियो । कामको कुरा गर्ने हो भने चियान विक्रम पछिल्लो समय फिल्म ‘कदरम कोन्डन’ मा देखिएका थिए । अहिले भने उनी अजय ज्ञानमुथुको निर्देशन रहने फिल्म ‘कोबरा’ सुटिङको पर्खाइमा रहेका छन् ।