Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक छ : राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष

Tuesday, December 1, 2020 Devil Singh Rajput

कपिलवस्तु, १५ मंसिर- लुम्बिनी प्रदेशको आर्थिक विकासमा कृष्णनगरमा ड्राईपोर्ट निर्माण गर्न आवश्यक रहेको औल्याएका छन् । चेम्बर अफ कमर्स कपिलबस्तुको साधारणसभाको उदघाटन गर्दै श्रेष्ठले सो कुरा राखेका हुन । कार्यक्रममा प्रमूख अतिथिको आसनबाट बोल्दै चेम्बर अध्यक्ष श्रेष्ठले विकासको ढोका र सम्भावना बोकेको कपिलबस्तु जिल्लाको कृष्णनगरमा सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को निर्माण आवश्यक रहेको र यसका लागि चेम्बरले पहल गर्ने बताए । यसको निर्माणबाट भारतको बढनी रेलवे स्टेसनसंग प्रत्यक्ष सम्पर्क कायम हुने र भारत लगायत अन्य राष्ट्रसंगको आयात निर्यात ब्यापारमा सहज हुन गई लागतमा समेत कमि आउने हुँदा कपिलवस्तु जिल्ला तथा समग्र प्रदेशको विकासमा टेवा पुग्ने धारणा अध्यक्ष श्रेष्ठले ब्यक्त गरे ।

त्यसैगरी उनले जिल्लाको समग्र विकासका लागि सबैसंग सहकार्य गरी अगाडी बढ्न जिल्ला चेम्बरलाई सुझाव समेत दिए । महिला तथा युवा ब्यावसायीहरुलाई समेत समेटेर अगाडी बढ्न महिला तथा युवा चेम्बर गठन गरी सबैलाई समेट्न पनि उनले सुझाए ।

उक्त साधारणसभाबाट केहि पदको हेरफेर गरी पदस्थापन गरिएको छ । साथैआजै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।