Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

सोसियल र माउन्टलाई खेल सामाग्री सहयोग

Friday, November 20, 2020 National Power

 

काभ्रेपलान्चोक – विश्वमा कोरोना भाइरल फैलिएको छ । यस्तो अवस्थामा पनि खेलाडीहरुले खेल खेल्न छोडेका छैन्न । खेलकुद स्वास्थका लागि उपयुक्त र शरीर लाई फ़ुर्तिलो पार्नका लागि खेल्ने गरिन्छ । महामारीको अवस्थामा पनि विभिन्न संस्था र ब्यक्तिहरुले खेलकुद सामाग्रीहरु खेलाडीहरु लाई हस्तान्तरण गरेका छन ।

बनेपा नगरपालिका–५ स्थित् रहेका दुई क्लवलाई खेल सामाग्री सहयोग गरेका छन् । स्काई लाइटज गेमीङले एक कार्यक्रमबीच पबजी खेल खेलेर आर्जन गरेको रकमबाट सोसियल सर्भिस युवा क्लब र माउन्ट एभरेष्ट एफ.सि लाई खेल सामाग्री सहयोग गरेका हुन् ।

सोसियल सर्भिस युवा क्लबका अध्यक्ष सागर मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा स्काई लाइटजले दुई क्लवलाई फुटबल ३ थान, ब्याडमिन्टन नेट १ थान, ब्याडमिन्टन ४ थान, ब्याडमिन्टन कक २ रोल, टेबल टेनिस ब्याट २ सेट, स्किपीङ १ थान, भलिबल १ थान र फुटबल किपर गोल्ब्स १ थान सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका–५ का वडा अध्यक्ष बलराम अधिकारीले समाजमा रहेका युवाहरुलाई खेलको माध्यमबाट कुलतबाट जोगाउन र स्वास्थ रहन यस खेल सामाग्रीले सहयोग पुग्ने बताए ।

सोसियल सर्भिस युथ क्लबका अध्यक्ष सागर मानन्धरले आफुलाई युवाहरुमार्फत भएको सहयोगले खुशी बनाएको र सहयोगबाट प्राप्त सामाग्रीहरुलाई सदुपयोग गरेर खेल क्षेत्रलाई उटकृष्ट बनाउने योजना रहेको बताए ।