Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

जवानी ताजा ताजा छ भन्दै आए यम र उर्मिला ( भिडियो )

Tuesday, November 17, 2020 National Power

काठमाडौं –  लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको जवानी ताजा ताजा छ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक नाजिर हुसेन र उषा उप्रेतीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। रविन्द्र न्यौपानेले छायांकन गरेको यस भिडियोलाई दिपेन्द्र शाही ठकुरीले कोरियोग्राफ गरेका हुन्। भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ। ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई सुदिप बरालको निर्देशनमा तयार पारिएको हो।

१३ बर्षपछि गायन यात्रामा फर्किएकी लाम्गादेले केहि महिना अघि लिन आउछु भन्थ्यौ बोलको गीत सार्वजनिक गरेकी थिइन्। न्युयोर्कमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेकी गायिका लाम्गादे गायन संगै अभिनयमा समेत रुचि राख्ने गर्छिन उनले यसअघि दलन नामक टेलिचलचित्र र चेतनामुलक विज्ञापनहरुमा अभिनय गरिसकेकी छिन्। भर्खरै सार्वजनिक गरिएको यस गीतको भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।