Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सैफ अली खानले बढाए तीन गुणा पारिश्रमिक, आउँदैछ यो ठूलो प्रोजेक्ट

Wednesday, November 11, 2020 National Power

एजेन्सी- बलिउडका नवाब भनिन् सैफ अली खान आजकाल निकै व्यस्त छन् । ठूला पर्दामा निकै कम फिल्म चलिरहेका छन् तर ओटीटीले सैफको करियरलाई भने नयाँ दिशा दिइरहेको छ । सेक्रेड गेम्स उनको करियरमा गेम चेन्जर साबित भएको छ ।

ओटीटीमा आफ्नो सफलता देखेपछि सैफ अली खानले आफ्नो पारिश्रमिकमा वृद्धि गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । स्रोतका अनुसार अब नायकले हरेक फिल्मका लागि तीन गुणा बढी पारिश्रमिक लिनेछन् ।

यसबारे आधिकारिक जानकारी त आइसकेको छैन तर स्रोतले दाबी गरेअनुसार सैफ अली खान पहिला एउटा फिल्मको करिब ३ करोड लिन्थे भने अब उनी ११ करोड लिने छन् ।

सैफ यतिबेला ओटीटी प्लेटफर्ममा निकै मनपराइएका अभिनेताको रुपमा उदाएका छन् । हरेक फिल्म निर्माता उनलाई कुनै न कुनै सिरिजका लागि अनुबन्ध गर्न चाहन्छ । सैफले हालै अर्को एउटा वेब सिरिज साइन गरेका छन् । उनले अली अब्बास जफरको ‘दिल्ली’ मा मुख्य भूमिका निभाउनेछन् ।