Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

कोरोनाविरुद्ध प्रभावकारी भ्याक्सिन धमाधम आउँदै

Tuesday, November 10, 2020 National Power

एजेन्सी- अमेरिकी औषधी कम्पनि फाइजरले कोरोना भाइरसविरुद्धको प्रभावकारी भ्याक्सिन ल्याउने निश्चित भएको छ । उसले भ्याक्सिन तेस्रो चरणको परीक्षणका क्रममा कोरोनाविरुद्ध निकै प्रभावकारी देखिएको दाबी गरेको छ ।

तेस्रो चरणमा हजारौं स्वयंसेवीमाथि प्रयोग गर्दा पहिलो डोज कोरोनाविरुद्ध आशा गरेभन्दा बढी प्रभावकारी देखिएको फाइजरको दाबी छ । उसले भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको बताएको छ ।

भ्याक्सिनको तेस्रो चरणको परीक्षणको दोस्रो डज दिएर नतिजा आएलगत्तै आकस्मिक प्रयोगको अनुमति मागिने फाइजरले जनाएको छ । तर, दोस्रो डज दिएको दुई महिनासम्म स्वयंसेवीहरुको निगरानी गरिनेछ ।

फाइजर भ्याक्सिनले अमेरिकी औषधी व्यवस्थापनसम्बन्धी निकायबाट अनुमती पाएमा कोरोना भाइरसविरुद्धको तेस्रो भ्याक्सिन हुनेछ । यसअघि रुसी भ्याक्सिनहरुले तेस्रो चरणको परीक्षण हुँदै गर्दा दर्ता अनुमती पाएका थिए ।

फाइजरले जर्मनीको साझेदार कम्पनि बायोनटेकसँग मिलेर कोरोना भाइरविरुद्धको भ्याक्सिन विकास गरिरहेको छ । उसले ४३ हजार स्वयंसेवीमा भ्याक्सिनको परीक्षण गरिसकेको छ ।

रुसी भ्याक्सिन स्पुतनिक भी आकस्मिक प्रयोगमा आइसकेको छ । यसको सर्वसाधारणमा प्रयोगको अन्तिम तयारी भइरहेको छ ।

चिनियाँ भ्याक्सिन पनि आकस्मिक प्रयोगमा ल्याइसकिएको छ । चीनका तीनवटा कम्पनि भ्याक्सिनको परीक्षणको अन्तिम चरणमा छन् ।

यसबाहेक अक्सफोर्ड भ्याक्सिन पनि यसै वर्ष प्रयोगमा ल्याइने बताइएको छ । विश्वका एक सय ५० भन्दा बढी कोरोनाविरुद्धका भ्याक्सिन विकासको क्रममा छन् । त्यसमध्ये रुस, अमेरिका, चीन र बेलायतका कम्पनि भ्याक्सिन विकासको अन्तिम चरणमा छन् । तर, तिनको प्रभावकारिताबारे विकासका क्रममा नै प्रश्न उठ्ने गरेको छ ।