Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौंमा एकैदिन १४२८ संक्रमित थप

Monday, November 9, 2020 National Power

काठमाडौं- काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५ सय ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय २८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ११ हजार १ सय ७७ जनाको पिसीआर परिक्षणमा २५ सय ७१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा १७९८जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ५९ हजार ७ सय २४ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १४ सय २८ जना मध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।