Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

काठमाडौंमा एकैदिन १४२८ संक्रमित थप

Monday, November 9, 2020 National Power

काठमाडौं- काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५ सय ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय २८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ११ हजार १ सय ७७ जनाको पिसीआर परिक्षणमा २५ सय ७१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा १७९८जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ५९ हजार ७ सय २४ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १४ सय २८ जना मध्ये ६३० महिला र ७९८ पुरुष रहेका छन् ।