Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

अनेरास्ववियू विभिन्न माग राख्दै काठमाडौं विश्वविद्यालयमा बुझायो विज्ञप्ति

Friday, November 6, 2020 National Power

  काभ्रेपलान्चोक – विश्वमा फैलिएको कोरोना भाइरसको महामारीले गर्दा सम्पुर्ण शैक्षिक संस्थाहरु ठप्प छ । जसले गर्दा बिद्यार्थीहरुले अध्यन अध्यापन गर्ने पाएका छैन । लामो समय सम्म नै महामारीले असर गरे पछि प्राय शैक्षिक संस्थाहरुले अनलाइन बाट अध्यन अध्यापन गराउन थालेका छन ।

अनलाइन बाट अध्यन अध्यापन गराउने र विद्यार्थीहरु बाट सबै शुल्क लिने भनेर विद्यालयले भने पछि विद्यार्थीहरुले बिरोध जनाएका छन । विद्यार्थीहरुले सबै शुल्क तिर्नु पर्ने भयो भन्दै बिरोध जनाएका हुन । ल्याब , लाइब्रेरी ,अतिरिक्त शुल्क आदि नलिन माग गर्दै काठमाडौं विश्वविद्यालय केन्द्रिय कार्यालय धुलिखेल काभ्रेमा पनि  अनेरास्ववियूका विद्यार्थीहरुले विभिन्न माग राख्दै विज्ञप्ति बुझाएका छन् । अनेरास्ववियूका केन्द्रिय सदस्य सन्जय लामा र गोबिन्द बानियाँको नेतृत्वमा बुझाइएको हो ।
विज्ञप्ति हेर्नुस्