Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

भारतीय सेना प्रमुख नरवणे सोलुखुम्बु जाँदै, सगरमाथाको दृश्य अवलोकन गर्ने

Thursday, November 5, 2020 National Power

काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आफ्नो तीनदिने नेपाल भ्रमणको क्रममा सोलुखुम्बु पनि जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने सैन्य स्रोतले जनाएको छ । होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ । जापानी नागरिकले बनाएको सो होटल समुन्द्री सतहबाट ३ हजार ८ सय ८० मिटर८ अग्लो ठाउँमा छ । त्यहाँबाट सगरमाथा नजिक देखिन्छ । छोटो सयम दृश्यावलोकन पछि उनी नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजार बाट पैदल हिँडेर सो होटलमा करिब १ घण्टामा पुगिन्छ । नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन ।

‘मौसमले साथ दिए उहाँ सोलुखुम्बु जानुुहुन्छ, तर कार्यक्रम निश्चित भैसकेको छैन्’ नेपाली सेनाका प्रवक्ता ९सहायकरथी० सन्तोष बल्लभ पौडेलले भने–‘मौसम अनुकुल भएका उहाँको एक प्रकारको माउन्टेन फ्लाईट जस्तो अनौपचारिक भ्रमण हुन्छ ।’