Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

दुई नेताबीच टेलिफोन कुराकानी , निर्णायक वार्ता गर्ने सहमति

Tuesday, November 3, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् । दुई नेताबीच टेलिफोन कुराकानी भई निर्णायक वार्ता गर्ने सहमति भएको हो ।

प्रचण्ड निकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार दुवै नेताले सहमति निकाल्न महत्वपूर्ण छलफल गर्ने सहमति गरेका छन् । यसका लागि दुवैबीच टेलिफोन वार्ता भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्डलाई भेटी ओलीसँग एकपटक वार्ता गर्न आग्रह गरेका थिए । पार्टीलाई कुनै हालतमा विभाजनबाट जोगाउन नेपाल सक्रिय भएसँगै वार्ताको वातावरण निर्माण भएको हो । प्रचण्डले पनि पार्टी विभाजन हुन नदिन अन्तिम समयसम्म पहल गर्ने निकटस्थसँगको छलफलमा भनेका छन् ।

नेकपाभित्रको दोस्रो पुस्ताका नेताहरु पार्टी एकता बचाउन सार्वजनिक रुपमा अपिल गर्दै सक्रिय भएका छन् । सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेललगायतले पार्टी बचाउन अपिल गरिसेका छन् । प्रचण्ड र माधव नेपालनिकट दोस्रो पुस्ताका नेताहरु पनि पार्टी विभाजन रोक्न सक्रिय भएका छन् ।

यसअघि ओलीले प्रचण्डसँगको भेटमा अलग भएर जाने प्रस्ताव गरेको विषय बाहिर आएको थियो । यसलाई प्रचण्डले निकटस्थलाई डाकेर ब्रिफिङ गरेका थिए ।
अहिले नेकपाभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा ओली अल्पमतमा छन् । तर, संसदीय दलमा ओलीको बहुमत दाबी रहँदै आएको छ ।