Thursday 5th December 2024

    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै    पूर्व मन्त्री भण्डारीले गरे डेष्टिनेशन जापानिज ल्याङ्ग्वेज एण्ड कन्सल्टेन्सीको कार्यालय उद्धघाटन    प्रतिक्षा काफ्ले अभिनित “हेरें सानूलाई” सार्बजनिक    पञ्जावमा मैत्रियका बालबालिकाहरु विजयी    नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज स्थापना

सीमा सम्बन्धी संयन्त्रको बैठक गर्न भारत सकारात्मक

Tuesday, November 3, 2020 National Power

काठमाडौं – कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री गु्रप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ ।

नेपालले अगष्ट महिनामा सो बैठक आयोजना गर्नका लागि प्रस्ताव गरे पनि मिति पनि भने तय भइसकेको छैन । वार्ताका लागि नेपालले दुईवटा मिति प्रस्ताव गरेको छ । भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको छ ।

नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र यही नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सो बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन किनभने दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने रहेको छ ।

सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच भएको छ ।

हरेक वर्ष मनसुन सकिएपछि सो संयन्त्रको बैठक बस्ने भएपनि कोभिड–१९ र दुई देशको बिचमा रहेको सीमा विवादका लागि बैठक हुन सकेको छैन । भारतीय सेना प्रमुखको भ्रमणपछि सो संयन्त्रको बैठक हुने टाइम्स अफ इन्डियाले सरकारी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

सन् २०१४ मा निर्माण भएको सो संयन्त्रको म्यान्डेट सीमा स्तम्भ निर्माण, मर्मत सम्भार र दशगजाको अतिक्रमण हटाउनु हो । अहिलेसम्म सो संयन्त्रको बैठक ६ पटकसम्म बसेको छ । सो संयन्त्रलाई सुस्ता र कालापानीको विषयमा वार्ता गर्ने म्यान्डेट नभएपनि सीमा समस्या समाधानको लागि सुझाव दिन भने भनिएको छ ।

त्यसैले सो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । यसले कालापानी र सुस्ताको विषयमा पनि वार्ताको वातावरण बनाउने अपेक्षा गरिएको छ ।