Tuesday 24th November 2020

    कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो    युटुबरमाथि अक्षयको ५ सय करोडको मानहानीको केस    अदालतका रजिष्ट्रार र श्रेस्तेदारहरुको राष्ट्रिय सम्मेलन सुरु    कक्षा १२ को परीक्षा सुरु    नेपाल–भारत सीमास्थल जौबारीमा बिओपी स्थापना

हिमाल आरोहणका लागि ५ वटा टोलीलाई अनुमति जारी

Monday, November 2, 2020 National Power


काठमाडौं – कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ ।

यो टोलीले मनास्लु ८१६३ मि.को हिमाल चढेर स्वदेश फर्किसकेको छ । ६ जना समूहको एक नेपाली टोलीले वरुत्से हिमाल आरोहण गरेको छ । यसअवधिमा कतारका राजकुमारसहितको अर्को टोली अमादब्लम ६८१४मि. हिमाल चढ्न आएको छ । यो टोलीमा ६ जना आरोही सदस्य छन् ।

विभागका अनुसार यसबाहेक ग्लाल्जेन पीक ६१५१ मि. र हिमलुङ हिमाल ७१२६ मिं. आरोहण गर्न दुई समूहले अनुमति लिएका छन् ।

यसमा क्रमशः ३ र ५ जना सदस्य रहेका छन् । तीन जना सदस्य नेपाली हुन् । ५ जनाको टोली भने विदेशी रहेको विभागको तथ्यांक छ ।

साढे २३ लाख रोयल्टी

शरद ऋतुमा हिमाल आरोहणको शुल्क वसन्त ऋतुको तुलनामा ५० प्रतिशत कम छ । विभागका अनुसार अहिलेसम्म जारी ५ वटा आरोहण अनुमतिबाट कुल २३ लाख ६० हजार २ सय ८२ रुपैयाँ रोयल्टी उठेको छ ।

यसमध्ये सबैभन्दा बढी १९ लाख ६ हजार ७ सय ४० रुपैयाँ बहराइनका राजकुमारसहितको १८ जनाको टोलीले तिरेको हो ।

त्यसपछि कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लासहितको टोलीले तिरेको छ । यो टोलीले कुल २ लाख ८२ हजार ४ सय ८० रुपैयाँ रोयल्टी तिरेको छ ।