Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

राष्ट्रिय समाचार समितिका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

Saturday, October 31, 2020 National Power

काठमाडौं -राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा रहेका छन् ।

स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित रहेका थिए ।

महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उनी पनि होम आइसोलेशनमा रहेका छन् । उनीहरु दुवैलाई शरीर दुख्ने, खोकी लाग्नेजस्ता कोरानाका सामान्य लक्षण देखिएका छन् ।