Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो

Friday, October 23, 2020 National Power

  1. काठमाडौं – पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये ३१ हजार ७२७ जना होम आइसोलेसनमा छन् भने २९० जनाको आईसीयू र ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २७२० संक्रमित थपिएका छन्,नसमध्ये काठमाडौंका २३५७, ललितपुरका २३६ र भक्तपुरका १२७ जना छन् ।

यस्तै मोरङका २२३ जना, काभ्रेका १६१, रुपन्देहीका १५२, चितवनका १४९, सुनसरीका १३८, दाङका ९२, बाँकेका ७९, झापाका ७४, कैलालीका ५३, मकवानपुरका ७१, सप्तरीका ४१, नवलपरासीका ४०, सिन्धुली र नवलपुरका २८र२८ जना, उदयपपुरका २७, दोलखाका २२, सिन्धुपाल्चोकका २१, रामेछापका २०, धादिङ र कपिलवस्तुका १६र१६ जना तथा धनुषा, रौतहट, सिराहा र गुल्मीका १४र१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बर्दियाका १३ जना, बाग्लुङका १२, गोरखा र तनहुँका ११, पर्सा, सर्लाही, पाल्पा र डडेलधुराका १०र१० जना, म्याग्दीका ८, ताप्लेजुङ, बारा र महोत्तरीका ७र७ जना, लमजुङ, कञ्चनपुर र डोटीका ६र६ जना, खोटाङ, प्युठान, दैलेख, सुर्खेत र दार्चुलाका ५र५ जना, अर्घाखाँची, रुकुम पश्चिम र अछामका ४र४ जना, संखुवासभा, स्याङ्जा र जुम्लाका ३र३ जना, ओखलढुंगा, रुकुम पूर्व र बैतडीका २र२ जना तथा धनकुटा, पर्वत, रोल्पा, कालीकोट, जाजरकोट, मुगु, सल्यान, हुम्ला र बझाङका १र१ जनामा संक्रमण देखिएको छ ।