Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

दशैमा पनि कोभिड अस्पताल र प्रयोगशाला सञ्चालन गरिने

Thursday, October 22, 2020 National Power

काठमाडौ – सरकारले दशै बिदामा पनि कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । दशै बिदामा पनि कोभिड अस्पताल र प्रयोगशालाहरु सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस विफ्रिङमा डा। जागेश्वर गौतमले दशैको समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने जानकारी दिएका हुन् । गौतमले कोभिड नियन्त्रण सम्भव भएकोले सबै कोविड अस्पताल र प्रयोगशालाहरु दशैमा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताएका हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या एकै दिन पाँचहजारभन्दा बढी थपिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या पनि बितेको २४ घन्टामा २६ जना थपिएका छन् ।

२४ घन्टामा कोरोना संक्रमित ५ हजार ७ सय ४३ थपिएका छन् । आज २० हजार १ सय १८ जनाको पिसिआर परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमितको सख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।