Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

नोट, स्टिल र फोन स्क्रिनमा कोरोना भाइरस २८ दिन जिवित हुनसक्ने, चिल्लो कपडामा बढी रहने

Monday, October 12, 2020 National Power

एजेन्सी- कोरोना भाइरस कतिपय सतहमा २८ दिनसम्म पनि जिवित हुनसक्ने तथ्य पत्ता लागेको छ । यसअघि दुई या तीन दिनसम्म सतहमा जिवित हुनसक्ने वैज्ञानिक अनुसन्धानबाट निष्कर्ष निकालिएको नयाँ अनुसन्धानले २८ दिन जिवित हुनसक्ने देखाएको छ ।

अष्ट्रेलियाको नेस्नल साइन्स एजेन्सीले कोरोना भाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टिलमा २८ दिनसम्म जिवित हुनसक्ने अध्ययनबाट पत्ता लगाएको हो ।

यसअघि भएका प्रयोगशालाको अध्ययनबाट कोरोना भाइरस बैंक नोट र ग्लासमा दुई देखि तीन दिन, प्लास्टिक र स्टिलमा छ दिनसम्म जिवित रहनसक्ने बताइएको थियो । यसपटकको अध्ययनले कोठाको जस्तै तापक्रम या २० डिग्री र अध्यारो रहेको ठाउँमा बैंक नोट, मोबाइल स्क्रिन, प्लास्टिक र ग्लासमा कोरोना भाइरस २८ दिनसम्म जिवित रहने देखाएको छ । जबकि फ्लु भाइरस यही अवस्थामा १७ दिनमात्र जिवित रहन सक्छ ।
यो अध्ययन भिरोलोजी जर्नलमा प्रकाशित भएको छ । जसमा कोरोना भाइरस तातो र चीसो स्थानमा २४ घन्टा रहेमा यसले संक्रमण गर्न नसक्ने हुन्छ ।

अध्ययनले कोरोना भाइरस चिल्लो ठाउँमा बढी समय रहने समेत देखाएको छ । चिल्लो कपडामा कोरोना भाइरस बढी रहन सक्छ ।