Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

दशैंको मुखमा कोरोना संक्रमण भयावह, सरकार कडा कदमको तयारीमा

Saturday, October 10, 2020 National Power

काठमाडौं-अहिलेसम्मकै सर्वाधिक एकै दिनमा ५ हजार कोरोना भाइरसका संक्रमित संख्या नाघेपछि स्थिति भयावह बनेको छ । यो हप्ता दुई, तीन, चार गर्दै आज एकै दिन पाँच हजारभन्दा बढी संक्रमित थपिएपछि स्थिति भयावह बनेको हो ।

देशभर पाँच हजार ८ जना संक्रमित संख्या थपिएका छन् । आज काठमाडौं उपत्यकामा मात्र २६ सय ७२ संक्रमित थपिएका छन् । काठमाडौं कोरोना संक्रमणको हटस्पट बनेको छ । उपत्यकामा दैनिक दुई हजारभन्दा बढी संक्रमित थपिने क्रम जारी छ । देशभर १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दशैंको मुखमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । अस्पतालहरु भरिएका छन् । काठमाडौं उपत्यकामा कोरोना अस्पतालले थेग्न नसक्ने परिस्थिति बन्दैछ ।

विगतमा २५ हजार सक्रिय संक्रमित पुगेपछि स्वास्थ्य मन्त्रालयले लकडाउन सिफारिश गर्ने बताएको थियो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका थिए । अहिले देशमा सक्रिय संक्रमित संख्या ३० हजार नाघेको छ । कुल ३० हजार ८ सय १८ सक्रिय संक्रमित संख्या पुगेको स्वास्थ्य मन्त्रालयलले जानकारी दिएको छ ।

एकै दिन ५ हजार संक्रमित संख्या नाघेपछि सरकार स्थिति अनियन्त्रणतर्फ जानसक्ने तर्फ सचेत भएको बुझिएको छ । विशेषगरी काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा अवस्था भयावह बन्दैछ । यसलाई दृष्टिगत गरी सरकारले कडाई गर्ने बुझिएको छ ।
स्वास्थ्य मन्त्रालयले दशैं घरमै बसेर भौतिक दूरी कायम गरेर मनाउन बारम्बार आग्रह गरेको छ । यो सरकारले यसपटक दशैंमा कडाई गर्ने संकेतको रुपमा बुझिएको छ । सरकार कोरोना रोकथामका लागि कडा कदम चाल्ने तयारीमा रहेको बुझिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयलमा परामर्श शुरु भइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।