Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

ट्रम्पको अस्पतालबाट भिडियो सन्देश, ‘मलाई लाग्छ म चाँडै नै फर्कनेछु’

Sunday, October 4, 2020 National Power

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प हाल वाल्टर रीड अस्पतालमा छन् । उनलाई शुक्रबार अस्पताल लगिएको थियो । उनी अब केही दिन वाल्टर रीड अस्पतालस्थित राष्ट्रपति कार्यालयबाटै काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै भनेकी छिन् ।

ट्रम्पले अस्पताल भर्ना भएको केही समयपछि नै एक भिडियो सोसल मिडियामा प्रकाशित गरेका छन् । यसमा उनले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै अबका केही दिन आफ्नो लागि वास्तविक परीक्षण भएको बताएका छन् ।

‘मेरो स्वास्थ्यस्थिती खासै राम्रो थिएन त्यसैले यहाँ आएँ । अहिले म निकै राम्रो महसुस गरिरहेको छु । उहाँहरुले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ, म जसरी पनि फर्कनैपर्छ किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनैपर्छ,’ उनले कार्यालयको अफिस डेस्कमा बसेर भने ।

यस्तै उनले भने, ‘मलाई लाग्छ, म चाँडै नै फिर्कनेछु । चुनावी अभियान जसरी सुरु भएको थियो, त्यसरी नै समाप्त होस् भन्ने मेरो चाहना छ ।’ विश्वव्यापी रुपमा कोरोनाविरुद्धको अभियानमा आफू प्रतिबद्ध भएको उनले बताए । उनले भने, ‘मलाई अमेरिकाबाट शुभकामना पठाउनेहरुलाई धन्यवाद दिन चाहन्छु र विश्वभरीबाट ममाथि सहानुभूति प्रकट गरिदिनेहरुप्रति पनि आभारी छु ।’

‘मलाई लाग्छ नतिजा निकै राम्रो आउनेछ । अबको केही दिनभित्र यसबारे पक्कै थाहा होला । ममाथि माया बर्साउने सबैलाई धन्यवाद,’ उनले भने ।