Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

गर्भावस्थाको पाँचौं महिनामा फोटो सेयर गर्दै करिना यसो भन्छिन्

Sunday, October 4, 2020 National Power

एजेन्सी- करिना कपुर खानको पाँच महिनाको गर्भावस्था चलिरहेको छ । उनी यतिबेला आफ्नो काममा व्यस्त छिन् । करिनाले हालै आफ्नो फोटो सेयर गरेकी छिन् । फोटोमा उनले लेखेकी छिन्, ‘पाँच महिना र थप बलियो हुँदैछु ।’

भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई मान्ने हो भने करिना आजकाल दिल्लीमा नै छिन् र आफ्नो फिल्म लाल सिंह चड्डाको सुटिङ गरिरहेकी छिन् । करिनासँग सैफ र तैमुर पनि दिल्लीमा नै छन् । यसका साथै सेटमा करिनाको सुरक्षाको पूरा प्रबन्ध मिलाइएको छ ।

लाल सिंह चड्डामा देखिने छैन करिनाको ‘बेबी बम्प’

साधारणतया पाँच महिनासम्म बेबी बम्प देखिन थालिसकेको हुन्छ । यस्तोमा करिनाले कसरी सुटिङ गरिरहेकी छिन् भनेर प्रश्न उठ्न सक्छ । रिपोर्टका अनुसार करिनाको बेबी बम्प लुकाउनका लागि भिएफएक्सको प्रयोग गरिनेछ ।

दोस्रो गर्भावस्थामा यो गल्ती दोहोराउन चाहन्नन् करिनाः

केही दिन अघि एक अन्तरवार्तामा करिनाले आफूले दोस्रो गर्भावस्थामा पहिलेका केही गल्ती दोहोराउन नचाहेको बताइन् । करिनाले भनेकी थिइन्, ‘तैमुरको समयमा जब म गर्भवती थिएँ तब मलाई धेरैले अत्यधिक खाना खान सुझाए त्यसैले मेरो २५ किलो तौल बढेको थियो । म फेरि त्यहि गल्ती दोहोराउन चाहन्नँ । मलाई त स्वस्थ र फिट रहनुछ । पहिलो पटक गर्भवती हुँदा धेरैले मलाई पराठा खान, घ्यू खान, दुध खान सल्लाह दिनुभयो । अब त म यो भन्छु कि ‘हेर यो सबै कुरा मैले गरिसकेँ’ । मलाई थाहा छ मेरो शरीरलाई के कुराको आवश्यकता छ ।’