Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

महिला उद्यमीलाई कोभिडबाट सिर्जित प्रतिकुल असर न्यूनिकरण गर्न महिला चेम्बरको परामर्शमुलक कार्यक्रम

Tuesday, September 29, 2020 National Power

 

काठमाण्डौ – नेपाल महिलाचेम्बरले ‘नेपालको व्यापार क्षेत्र र कोभिड १९ को सामना’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार आयोजित उक्त कार्यक्रममा नेपाल महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले वक्ताको रुपमा प्रस्तुती दिएकी थिईन् ।

प्रस्तुती दिने क्रममा शर्माले कोभिड १९ विश्वव्यापी रुपमा फैलिएको हुनाले यसबाट जोगिदै अगाडि बढनुको विकल्प नभएको औल्याउदै नविनतम सोच र आत्मविश्वासका साथ कर्म क्षेत्रमा कृयाशिल हुनुपर्ने बताएकी थिईन । कार्यक्रम माझ उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उपाध्यक्ष शर्माले महिला उद्यमशीलतालाई प्रबर्धन गर्न आपसी समन्वयको खाँचो टड्कारो रहेको बताउदै हाल महिला चेम्बरले गर्दै आईरहेको अन्तर्कृया कार्यक्रमले समस्याको पहिचान गर्दै निदानका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरिन ।

कार्यक्रममाझ नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्मा उपाध्यक्ष शर्माको व्यक्तित्व बारे प्रकाश पार्ने क्रममा शर्मा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरेकी थिईन । कार्यक्रममाझ सहजकर्ताको भुमिका निर्वाह गर्दै महिला चेम्बरकी महासचिव लिमा अधिकारीले कोभिड पस्चात महिला व्यवसायीहरुले विभिन्न समस्या झेल्दै आएकाले समस्या समाधानका लागि वेमिनार मार्फत चरणबद्ध रुपमा छलफल कार्यक्रम राखिएको बताईन ।

सो अवसरमा महिला चेम्बरकी सदस्य चारु सिकरियाले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै कोभिड १९ पस्चात व्यापारको क्षेत्रमा देखिएको समस्यालाई सामुहिक पहलमा हल गर्न सकिने आधार अन्तर्कृयाले दिएको धारणा राखेकी थिईन । नेपाल महिला चेम्बर सम्बद्ध करिब ४० जना महिला उद्यमी व्यवसायीहरु सहभागी रहेको सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, इजरायलका लागि नेपालकी राजदुत डा। अन्जन शाक्य, सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्टि त्रिपाठीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्तमा जिज्ञासाको जवाफदिने क्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमी व्यवसायीहरु कोभिडबाट सिर्जित प्रतिकुल अवस्थामा हतोत्साही नहुन भन्ने अभिप्रायले महिला चेम्बरले नियमित रुपमा परामर्शमुलक कार्यक्रम गर्दै आएको जनाईन ।