Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

ओली-प्रचण्ड भेट, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल

Sunday, September 27, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिमण्डल पुर्नगठन र संवैधानिक अङ्गको नियुक्तिबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद्को बैठक डाक्नु अघि ओली प्रचण्डबीच छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ । कुरा मिल्ने वित्तिकै मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारीमा ओली पुगेका छन् ।

उनले पार्टीमा पुर्नगठनको मापदण्ड समेत तयार गरेर पार्टीमा छलफलका लागि पेश गरेका छन् । ओली र प्रचण्डबीच कुरा मिले दशैं अगावै मन्त्रिपरिषद् पुर्नगठन हुनेछ ।