Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

ज्योति लाइफ इन्स्योरेन्स बाट अभियानता मुक्ति बिष्ट सम्मानित

Thursday, September 24, 2020 National Power

काभ्रेपलान्चोक – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर काभ्रे जिल्ला शाखा कार्यालयमा एक कार्यक्रम गर्दै काभ्रे बाट गुर्जो अभियान चलाइ राखेका गुर्जो अभियानता मुक्ति बिष्टलाई सम्मान गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रमुख अम्बिका तिमल्सिनाले दोसल्ला खादा कदर पत्रले सम्मानित गर्नु भएको थियोे । उक्त अवसरमा ज्योति लाइफ इन्स्योरेन्सको बरिस्ठ एजेन्सी म्यानेजर तथा मिस गोल्डेन अवार्ड बाट सम्मानित एवम् मोस्ट पपुलर अवर्ड बाट सम्मानित लीला देबि निरौला, बरिस्ठ एजेन्सी म्यानेजर राजन अधिकारी, शाखा प्रमुख रुपेश सापकोटा र दिव्य किरण तिमल्सिनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

किलोको १५०० देखि २००० भन्दा माथी रुपैयामा बिक्री हुने गुर्जो कोरोना संक्रमित विरामीलाई हजारौं किलो सित्तैमा वितरण गरेर मुक्ति विष्टले उदाहरणीय काम गरेका थियो । कोरोना संक्रमित भएको ठाउँ ठाउँमा गएर सेवा दिएका विष्टलाई धेरैले धन्यवाद दिएका थिए भने आज ज्योति लाइफले सम्मान गरेको थियो ।