Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

बाटोमा हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला

Tuesday, September 22, 2020 National Power

काठमाडौं – गुल्मीको पहिरोमा हिजो साँझ खि बेपत्ता भएका दुई जनाको शव मंगलबार बिहान नेपाली सेनाले फेला पारेको छ । जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला हिजो साँझ करिब ८ बजेको समयमा सडकमाथिबाट आएको पहिरोमा परी दुई जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी केदारराज पन्तका अनुसार बेपत्ता हुनेहरू स्थानीय ३९ वर्षीय प्रेम बहादुर कुमाल र ५ वर्षका बालक सफल कुमाल हुन् ।

तम्घास रातडाँडा सडक खण्डमा पहिरोले बगाएर छल्दी पनाह खोलामा बेपत्ता भएका उनीहरुको शवलाई नेपाली सेना वीरभद्रजङ्ग गुल्म धागिथुम ब्यारेकबाट खटिएको टोलीले फेला पारेको गुल्मपपनि सेनानी भुपेन्द्र गुरुङले जानकारी दिए ।

सङ्गै बाटोमा हिँडेका एक जना भने बाँच्न सफल भएका छन् । अवरुद्ध सडक सुचारु गर्न डोजर लगाएको अध्यक्ष टीका रेस्मिले जानकारी दिए । त्यो सडक अबरुद्ध भए पनि तम्घासबाट मुसिकोटतर्फ जाने सामाचौर भाडगाउँ सडकबाट गाडी आवतजावत गरिरहेका छन् ।