Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

वीरगन्जमा थप चार कोरोना संक्रमितको मृत्यु

Monday, September 21, 2020 National Power

वीरगन्ज – वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एकरएक जना छन् ।

तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना भएका थिए ।

नारायणीमै उपचाररत वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी असोज २ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले असोज १ गते अस्पताल ल्याएका थिए ।

सोही अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले भदौ ३१ मा उनलाई अस्पताल भर्ना गरेका थिए ।