Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

वीरगन्जमा थप चार कोरोना संक्रमितको मृत्यु

Monday, September 21, 2020 National Power

वीरगन्ज – वीरगन्जमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका दुई तथा बारा र रौतहटका एकरएक जना छन् ।

तीन संक्रमितको आइतबार र एक जनाको शनिबार उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नारायणी अस्पतालमा उपचाररत रौतहटका ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । ती पुरुष भदौ ३१ गते अस्पताल भर्ना भएका थिए ।

नारायणीमै उपचाररत वीरगन्ज महानगरपालिका–६ रेसमकोठीका ८८ वर्षीय संक्रमितको पनि आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनी असोज २ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै वीरगन्जको नगवामा नेसनल मेडिकल कलेजले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको कलैया उपमहानगरपालिका–१३ बलिरामपुरका ६५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य निरीक्षक ठाकुरले जानकारी दिए । मधुमेह र मुटुसम्बन्धी रोग रहेका उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले असोज १ गते अस्पताल ल्याएका थिए ।

सोही अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका–४ बिर्ताका ७८ वर्षीय पुरुषको पनि शनिबार अपराह्न ४ बजे मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले भदौ ३१ मा उनलाई अस्पताल भर्ना गरेका थिए ।