Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

फ्रान्समा एकै दिन १० हजारभन्दा बढी संक्रमित भेटिए, न्यूजिल्याण्डमा कोही भेटिएनन्

Monday, September 21, 2020 National Power

एजेन्सी- संसारभरी कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघेको छ । निको हुने बिरामीको संख्या २ करोड २८ लाख १७ हजार ५ सय ४१ भन्दा बढी भइसकेको छ । यस्तै, हालसम्म ९ लाख ६४ हजार ७ सय ६४ को मृत्यु भइसकेको छ । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । फ्रान्समा संक्रमणको दोस्रो लहर सरकारका लागि भरी परेको छ । यहाँ आइतबार १० हजार बढी संक्रमित भेटिए ।

फ्रान्सः स्वास्थ्य मन्त्रालयको बयान

फ्रान्सको स्वास्थ्य मन्त्रालयले आइतबार राती जारी बयानमा भन्यो, ‘देशमा पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६९ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन अर्थात् शनिबार १३ हजार ४ सय ९८ संक्रमित भेटिएका थिए । यो स्पष्ट रुपमा संक्रमणको दोस्रो लहर हो र सरकारले यसका लागि कडा नीति अपनाउने तयारी गर्दैछ । आइतबार संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । फ्रान्समा ३१ हजार ५ सय ८५ व्यक्तिको हालसम्म मृत्यु भइसकेको छ । अर्कोतर्फ, सम्भावित लकडाउनजस्तो कदमको विरोध पनि सुरु भइसकेको छ ।

न्यूजिल्याण्डः कुनै नयाँ संक्रमित छैनन्

सोमबार जारी बयान अनुसार न्यूजिल्याण्डमा आइतबार कुनै नयाँ संक्रमित देखिएका छैनन् । अकल्याण्डमा विशेषगरी प्रतिबन्धको विषयमा सतर्कता अपनाइँदैछ । यसको एउटा कारण यो हो कि यहाँ अहिले पनि थुप्रै पर्यटक छन् जसलाई स्वास्थ्य सम्बन्धि समस्या छ । केही शहरमा प्रतिबन्ध जारी राखिनेछ । प्रधानमन्त्री जसिन्डा अर्डर्नले सोमबार पत्रकार सम्मेलन गर्ने भएकी छिन् । यसमा सरकारद्वारा उठाइएको कदमबारे जानकारी दिइनेछ । न्यूजिल्याण्डमा १४ सय ६४ संक्रमित भेटिइसकेका छन् र २५ जनाको मृत्यु भइसकेको छ । तीन संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

चीनमा १२ नयाँ संक्रमितः

चीनमा एकपटक पुनः १२ जयाँ संक्रमित भेटिएका छन् । शनिबार पनि यहाँ १२ संक्रमित नै फेला परेका थिए । नेशनल हेल्थ अथोरिटीको तर्फबाट जारी बयानमा सबै संक्रमित अन्य देश हुँदै चीन पुगेका हुन् । २५ जना यस्ता संक्रमित छन् जसमा संक्रमणको कुनै लक्षण देखिएको छैन । चीनको स्वास्थ्य मन्त्रालयले शनिबार जारी बयानमा विदेशबाट आउने मानिसहरुको परीक्षणको विषयमा नयाँ निर्देशिका जारी गरिने बताइएको छ । धेरैजसो संक्रमित यस्तै मानिसहरुमा देखिएकोले यस्तो गर्न लागेको जानकारीमा उल्लेख छ ।