Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुग्यो

Sunday, September 20, 2020 National Power

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ । देशमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा ६ महिला र ४ पुरुष छन् ।

बितेको २४ घन्टाभित्र काठमाडौं उपत्यकामा छ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०।६४ रहेको छ ।