Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

कोरोना कारण महिला व्यवसायी बढी प्रभावित(उर्मिला श्रेष्ठ, अध्यक्ष नेपाल महिला चेम्बर)

Monday, September 14, 2020 National Power

काठमाडौ – नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना भाइरस (कोभिड-१९) बाट धरै जसो महिला उद्यमीहरू प्रभावित बनेको बताएउनु भएको छ । आइतबार नेपाल महिला चेम्बरद्वारा आयोजित कोभिड-१९ बाट व्यापारको क्षेत्रमा परेको प्रभाव, योगदान र अनुभव आदान प्रदान बिषयक वेमिनार कार्यक्रम माझ प्रमुख वत्ताको रुपमा बोल्ने क्रममा उहाँले सो कुरा राख्नु भएको हो । अध्यक्ष श्रेष्ठले कोभिड-१९ बाट सिर्जित प्रतिकुल अवस्था, यस माझमा आफूले भोगेका अनुभव साथै महिला उद्यमशिलताको क्षेत्रमा परेको असर बारे विस्तृत रुपमा वर्णन गर्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्व बजार नै प्रभावित बनेको अवस्थामा यस जटिल परिस्थितीको डटेर सामना गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले प्रायः जसो महिला उद्यमीहरु हस्तकलाजन्य उद्योग, व्युटीपार्लर, टेलरिङ, फिटनेश सेन्टर, होम स्टे, नर्सिङ होमलगायतका व्यवसाय सञ्चालन गर्दै आएकामा कोभिड(१९ पस्चात तततत् व्यवसायमा पूर्ण रुपमा असर परेको धारणा राख्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतसमेत रहेकी श्रेष्ठले नेपालमा गएको छ महिनाको अवधीमा अत्यावश्यकिय खाद्य सामाग्रीको क्षेत्र वाहेकका अन्य क्षेत्रहरु अधिक मात्रामा प्रभावित बनेको बताउनुभयो । उहाँले ९० प्रतिशत व्यवसायिक क्षेत्र ठप्प भएको बताउदै लगानीको वातावरण धुमिल भएको, आयतमा कमी आएको, अन्तरर्राष्ट्रिय बजारमा सामाग्रीको मागसमेत कम रहेको उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले यसमाझ महिला उद्यमीहरुले आम्दानी नभएता पनि घर भाडा, कर्मचारीलाई तलब, बैङ्कको ब्याज एवम् ॠण, विद्युत महशुललगायतको खर्चको दायित्व वहन गर्नुपरेको जिकिर गर्दै राज्यबाट आवश्यक सहयोग पाउन नसकेको स्पस्ट पार्नुभयो ।

देशभर छरिएर रहेका शाखा सञ्जालबाट करिब ५० जनाको सहभागीता रहेको उक्त वेमिनार माझ सहभागीहरुले आ-आफ्नो समस्या राख्दै व्यवसायिक वातावरण निर्माणका लागि के गर्न सकिन्छ भनेर अध्यक्ष श्रेष्ठ सामु जिज्ञासा राखेका थिए । कार्यक्रम माझ उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अध्यक्ष श्रेष्ठले व्यापार सहजीकरणका लागि डिजीटल प्लेटफर्मको उपयोग गर्नुपर्ने, आपसी सहकार्यका आधारमा वस्तु एवम् सेवाको बिक्री वितरण गर्न सकिने, व्यवसायिक रुपमा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वस्तु तथा सेवा प्रवाह गर्न सकिने गरि उपभोक्ता मैत्री र विश्वसनिय वातावरणको आभास दिलाउदै अघि बढनु पर्ने उपाय सुझानु भएको थियो । साथै, अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुले बिना धितो पन्ध्र लाखसम्म ॠण सुविधा उपयोग गर्न पाउने व्यवस्थाको कार्यन्वयनका लागि पहल हुँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सहजीकरणसमेत गरेकी संस्थाकी सचिव लिमा अधिकारीले उप्रान्त नियमित अन्तर्कृयाका कार्यक्रम सञ्चालनको तयारी गरिएको बताउनुभयो । यसअघि उहाँले स्वागत मन्तब्य राख्दै कार्यक्रमले समस्या समाधान गर्न धेरै हद सघाउ पुग्ने धारणा राख्नुभएको थियो । कार्यक्रम माझ महिला चेम्बरकी सदस्य सोनी जोशीले अध्यक्ष श्रेष्ठको व्यक्तित्व र अनुभव बारे प्रकाश पार्दै वेमिनार फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा महिला चेम्बरकी उपाध्यक्ष अम्बिका शर्माले सहभागिताका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई सामना गर्न आपसी समन्वयले ठूलो महत्व राख्ने बताउनुभएको थियो । कार्यक्रममा महिला चेम्बरका सल्लाहकार त्रय शान्ती शाक्य, अन्जना ताम्राकार, निलम ताम्राकार, नेपाल चेम्बरका महानिर्देशक कैलाश कुमार वजिमय, उप निर्देशक सृस्‍टि त्रिपाठी समेतको उपस्थिती रहेको थियो ।