Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कुलमानको कार्यकाल रहने वा नरहने भन्ने बारे मन्त्रिपरिषदले आजै टुंगो लगाउने

Monday, September 14, 2020 National Power

काठमाडौैं- मन्त्रिपरिषद बैठक साँझ पाँच बजेका लागि डाकिएको छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाइने बुझिएको छ ।

प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएको छ । आज उनैलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । कुलमानको समय सकिएपछि मात्र क्याबिनेट डाकिनुलाई अर्थपूर्ण मानिएको छ । विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली उनको निरन्तरताको पक्षमा छैनन् । उनी अर्को व्यक्तिलाई कार्यकारी निर्देशक बनाउने पक्षमा छन् ।

आज ठाडो निर्णयबाट प्रधानमन्त्रीले कार्यकारी निर्देशक बनाउनसक्ने चर्चा पनि छ । प्रक्रियामा गएर प्रतिष्पर्धाबाट बनाउने गरी हाललाई कायममुकायम अरु कसैलाई दिने सम्भावना पनि छ ।

यसैगरी, बामदेव गौतमबारे पनि आज टुंगो लाग्नेछ । गौतमलाई राष्ट्रियसभामा लान राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय हुने बुझिएको छ ।