Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण नियुक्ति गर्ने तयारी

Monday, September 14, 2020 National Power

काठमाडौं –  सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्री ओलीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए । उनका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमित बैठक हो

आकस्मिक बाहेक मन्त्रिपरिषद्को बैठक प्रत्येक साताको आइतबार वा सोमबार बस्दै आएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने बैठकले केही महत्त्वपूर्ण निर्णयहरु गर्दैछ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख तथा सदस्य र सरकारको प्रवक्ता समेत तोक्ने तयारी भएको बुझिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल र अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल आइतबार सकिएको छ । त्यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी समेत पाएका अर्थ तथा सञ्चार मन्त्री डा। युवराज खतिवडाले भदौ २० गते राजीनामा दिएसँगै सो पद पनि खाली छ ।