Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

ट्रम्पको मध्यस्थतामा इजरायल र बहराइनबीच ऐतिहासिक सम्झौता

Saturday, September 12, 2020 National Power

एजेन्सी- अमेरिकी राष्ट्रपति चुनाव नजिकिदै गर्दा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ऐतिहासिक सफलता हासिल गरेका छन् । उनको पहलमा इजरायल र बहराईनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको छ ।

शुक्रबार भएको ऐतिहासिक सम्झौतामा बहराइनले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापित गरेको छ । यसमा ट्रम्पले मध्यस्थता गरेका छन् । अमेरिकासहित बहराइन र इजरायलले संयुक्त वक्तव्यमार्फत् कुटनीतिक सम्बन्ध स्थापनाको जानकारी गराएका छन् । बहराइनले इजरायललाई राष्ट्रको मान्यता दिएको छ ।

यसअघि ट्रम्पले युएईसँग इजरायलको यस्तै ऐतिहासिक सम्बन्ध स्थापित गर्न मध्यस्थकर्ताको भुमिका निभाएका थिए । कुसल मध्यस्थकर्ताको पहिचान बनाएका ट्रम्पले फेरि अर्को बाजी मारेका छन् । यसरी उनले अमेरिका भित्र र बाहिर आफ्नो बलियो छवि बनाएका छन् ।
यी सबै घटना अमेकिरामा राष्ट्रपति चुनाव नजिकिन दुई महिनाभन्दा कम समय बाँकी रहँदा विकास भएको हो ।

ट्रम्प ऐतिहासिक सम्झौताहरु गराएर आफूलाई नोबल पुरस्कारको दाबेदारका रुपमा उभ्याएका छन् । उनको नाम २०२१ को नोबेल शान्ति पुरस्कारको दाबेदारको सुचीमा परेको छ । फक्सन्युजका अनुसार ट्रम्प नोबल शान्ति पुरस्कारको मनोनयन सुचीमा परेका छन् । एजेन्सीको सहयोगमा