Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

रुस र चीनका ह्याकरद्वारा अमेरिकी राष्ट्रपति चुनाव प्रभावित पार्ने प्रयास

Friday, September 11, 2020 National Power

एजेन्सी- रुस र चीनका ह्याकरले अमेरिकी राष्ट्रपतिको चुनाव प्रभावित पार्ने प्रयास गरिरहेका छन् । माइक्रोसफ्टले ह्याकरहरुले अभियान नै चलाइरहेको खुलासा गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले माइक्रोसफ्टले ह्याकरहरु सन् २०१६ मा जस्तै राष्ट्रपतिको चुनाव प्रभावित पार्न सक्रिय रहेको जानकारी दिएको उल्लेख गरेका छन् । डोनाल्ड ट्रम्प र जो बिडेनका अभियानकताृहरु साइबर रेडरको दृष्टिमा रहेको बुझिएको छ ।

३ नोभेम्बर सन् २०२० को अमेरिकी राष्ट्रपतिको चुनाव हुन गइरहेको छ । यसअघि २०१६ को चुनावमा पनि ह्याकरहरुको संलग्नता देखिएको थियो ।