Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

आफ्नो अफिसलाई यसकारण उजाड राख्नेछिन् कंगना, मर्मत नगर्ने

Friday, September 11, 2020 National Power

एजेन्सी – कंगना रनौतले बिहिबार आफ्नो टुटे–फुटेको अफिसको भ्रमण गरेपछि एउटा ठूलो निर्णय लिएकी छिन् जस अनुसार उनी आफ्नो अफिसको मर्मत गराउने छैनन् । उनका अनुसार उनले आफ्नो अफिसलाई जस्तो छ त्यस्तै राख्नेछिन् र यसलाई एक महिलाको इच्छाशक्तिको रुपमा पेश गर्नेछिन् ।

बिएमसीले कंगनाको पाली हिलस्थित अफिसमा अवैध निर्माण गरेको भन्दै डोजर चलाएको थियो । यद्यपि, कंगनाले उनको अफिसमा कुनै पनि प्रकारको अवैध निर्माण नभएको बताएकी छिन् ।

बुधबार बिएमसीको कारवाहीपपछ कंगना बिहिबार पहिलो पटक आफ्नो अफिस गएकी थिइन् । त्यसपछि उनले ट्वीटरमा लेखिन्, ‘मैले आफ्नो अफिसको सुरुवाती जनवरी १५ देखि गरेकी थिएँ । कोरोना सुरु हुनु ठिक अघि । अरुले जस्तै मैले पनि त्यतिबेला देखि काम गरेकी छैन । यसको मर्मत गर्नका लागि मसँग पैसा छैन । म यही अवशेषबीच काम गर्नेछु । आफ्नो अफिसलाई यसै उजाड छोड्नेछु, जुन एक महिलाको इच्छाशक्तिको उदाहरण बन्नेछ, जसलाई यो संसारले तोड्न खोजेको थियो ।’

उता बिएमसीले बिहिबार उच्च अदालतमा कंगनाको अफिसमा गरिएको कारवाही सही भएको बतायो । बिएमसीले कारवाही नियम अनुसार नै गरिएको बतायो । कंगनाको वकिलले १४ सेप्टेम्बरसम्म जवाफ दिनुपर्नेछ । यो जवाफसहित कंगनाले केही नयाँ तथ्य राख्ने मौका पनि पाउनेछिन् । अब अर्को सुनुवाई २२ सेप्टेम्बरमा हुनेछ ।