Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

काभ्रे उद्योग बाणिज्यको समन्वयमा गरिब परिवारलाई काभ्रे युवा उद्यमी मञ्चको सहयोग

Thursday, September 10, 2020 National Power

काभ्रेपलान्चोक – राम्रो सन्देशको जानकारी पछि काभ्रे उद्योग बाणिज्य संघको समन्वमा काभ्रे युवा उद्यमी मञ्चले गरिब दुखी परिवारलाई आज खाद्यान्न सहयोग गरेको छ ।

काभ्रे युवा उद्यमी मञ्चका अध्यक्ष सरोज काजी श्रेष्ठ , महासचिव सुरेन्द्र सुद्दकार , सदस्य अनिश प्रजापति र काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलान्चोकेको उपस्थितिमा सिन्धुली जिल्लाको मरिन गाउँपालिका वडा नं १ बस्ने ज्ञान लाल पाख्रिन लाई १ बोरा चामल र झण्डै पाँच किलो दाल हस्तान्तरण गर्नु भएको हो ।

युवा व्यवसायीहरु,उद्यमीहरु व्यापारीहरु तथा उधोगीहरु रहेको काभ्रे युवा उद्यमी मञ्च व्यावसायिकताको साथ साथै उद्यमशिलता एवम् समाजसेवामा अत्यन्त सक्रिय संस्था हो ।

कोभिड 19 महामारीमा यस संस्थाले अत्यन्त उल्लेखनीय सहयोगहरु गर्दै आएको छ । युवा ससक्तिकरण र उद्यमशीलतामा एक महिने अनलाइन तालिम पनि अबको केहि दिनमा सुचारु हुने संस्थाका अध्यक्षले राम्रो सन्देश लाई जानकारी दिनु भयो ।

सबै युवा व्यावसायिहरुको साथ सहयोगको अपेक्षा गर्दै यस महामारीमा सबै लाई सचेत भै आफू र समाजलाई बाच्न र बचाउन सहयोग गरौं भन्दै अध्यक्षले आगामी दिनमा पनि असाहय दुखी पीडित गरिब वर्गका मानिसहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।