काभ्रेपलान्चोक – राम्रो सन्देशको जानकारी पछि काभ्रे उद्योग बाणिज्य संघको समन्वमा काभ्रे युवा उद्यमी मञ्चले गरिब दुखी परिवारलाई आज खाद्यान्न सहयोग गरेको छ ।
काभ्रे युवा उद्यमी मञ्चका अध्यक्ष सरोज काजी श्रेष्ठ , महासचिव सुरेन्द्र सुद्दकार , सदस्य अनिश प्रजापति र काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलान्चोकेको उपस्थितिमा सिन्धुली जिल्लाको मरिन गाउँपालिका वडा नं १ बस्ने ज्ञान लाल पाख्रिन लाई १ बोरा चामल र झण्डै पाँच किलो दाल हस्तान्तरण गर्नु भएको हो ।
युवा व्यवसायीहरु,उद्यमीहरु व्यापारीहरु तथा उधोगीहरु रहेको काभ्रे युवा उद्यमी मञ्च व्यावसायिकताको साथ साथै उद्यमशिलता एवम् समाजसेवामा अत्यन्त सक्रिय संस्था हो ।
कोभिड 19 महामारीमा यस संस्थाले अत्यन्त उल्लेखनीय सहयोगहरु गर्दै आएको छ । युवा ससक्तिकरण र उद्यमशीलतामा एक महिने अनलाइन तालिम पनि अबको केहि दिनमा सुचारु हुने संस्थाका अध्यक्षले राम्रो सन्देश लाई जानकारी दिनु भयो ।
सबै युवा व्यावसायिहरुको साथ सहयोगको अपेक्षा गर्दै यस महामारीमा सबै लाई सचेत भै आफू र समाजलाई बाच्न र बचाउन सहयोग गरौं भन्दै अध्यक्षले आगामी दिनमा पनि असाहय दुखी पीडित गरिब वर्गका मानिसहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।