Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

काठमाडौं उपत्यका आउन पिसिआर रिपोर्ट नचाहिने तर चेकजाँचमा कडाइ

Thursday, September 10, 2020 National Power


काठमाडौ – काठमाडौं उपत्यका भित्रिन अब कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहने भएको छ । यसअघि अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा पीसीआर नेगेटिभ रिपोर्टसमेत अनिवार्य गरिएको थियो । तर पीसीआर रिपोर्ट भए त्यसले सहज भने हुनेछ । कोरोना महामारीपछि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारी र व्यक्तिलाई समेत रोक लगाइएको छ ।

पीसीआर रिपोर्ट नचाहिने भए पनि उपत्यका प्रवेशमा यो भन्दाअघि जारी भएका सबै नियमको पालना र आवश्यक कागजात भने साथमा हुनुपर्ने प्रहरी प्रशासनले बताएको छ । अत्यावश्यक सवारी एम्बुलेन्स, बिरामीलगायत सरकारले तोकेका सवारी आउन पाउनेछन् । यसबाहेक भने सम्बन्धित जिल्ला प्रशासनको सहजीकरणको पत्र आवश्यक पर्नेछ । यो काठमाडौंबाट बाहिर जान र भित्रिन दुवै हिसाबले लागु हुन्छ ।

प्रहरीले काठमाडौं उपत्यका भित्रने प्रमुख नाका नागढुङ्‍गा र सागा नाकामा कडाइसमेत गरेको छ । प्रहरीले भित्रिनेहरुको विवरण राखि अत्यावश्यक कामबाहेक आउनेलाई बाटोबाटै फर्काइ पनि दिएका छन् । पछिल्लो समयमा काठमाडौं उपत्यका भित्रिनेभन्दा बाहिरिनेको संख्या बढ्दै गएको पाइएको छ । चाडपर्वसमेत नजिकिँदै गएकाले बाहिरीने क्रम बढेको हो ।

उपत्यकामा तीन साताको निषेधाज्ञा बिहीबारबाट केहि खुकुलो भएको हो । उपत्यकाभित्र जोर-बिजोर प्रणालीमा सवारीसाधन र सार्वजनिक यातायात सञ्चालनमा आएपनि उपत्यका प्रवेशमा भने रोक यथावत् छ ।

प्रहरीका अनुसार कोरोना जोखिमको सुरुवाती चरणमा कतिपय व्यक्ति लुकीछिपी प्रवेश गरे पनि पछिल्लो समय भने त्यस्तो अवस्था छैन । यसबाहेक उपत्यका प्रवेशका साना नाकामा समेत प्रहरी सक्रियता बढाइएको छ । एक महिनायता उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ ।

Sources : Madhyantar / photo : Tourism Mail