Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

कोरोना संक्रमितको कुल संख्या ४९,२१९ पुग्यो, आज काठमाडौं उपत्यकामा ४६४ संक्रमित थपिए

Wednesday, September 9, 2020 National Power

काठमाडौ –  बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ३९४, ललितपुरका ४३ र भक्तपुरका ३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

यसैगरी हालसम्म २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ, जसमा २१ जना बागमती प्रदेशका रहेका छन् भने १ जना प्रदेश नम्बर ५ का रहेका छन् । आइसीयुमा भने १६२ जना रहेका छन् । जसमा बागमती प्रदेशका मात्रै १०१ जना रहेका छन् ।

हालसम्म ५५ बढी संक्रमित रहेको जिल्लामा सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपु र रुपन्देही रहेको छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा संक्रमित छैनन् । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कास्की, अर्घाखाँची, बाँके र नवलपरासीमा १-१ तथा काठमाडौँमा २ जना गरी ६ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ३१२ पुगेको छ ।

मन्त्रालयका अनुसार बुधबार देशभर थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमितको कुल संख्या ४९,२१९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ ।