Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

डा.डीआर उपाध्यायको दुईसय अठासी लाइनको गीत ‘कर्तव्य बोध’ सार्वजानिक(भिडियोसहित)

Tuesday, September 8, 2020 National Power

काठमाडौ -विश्व कीर्तिमानी गीतकार डा। डीआर उपाध्यायको नयाँ गीत ‘कतव्र्य बोध’ सार्वजनिक भएको छ । दुईसय अठासी लाइनको यो गीतले पनि केही समय पहिला विश्व रेकर्ड कायम गर्न सफल भएको थियो । गीतमा नारी पुरुष एक अर्काले गर्नुपर्ने पाँच कुरा – माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार व्यक्त गरिएको छ ।

सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सागर अधिकारी ‘शरद’ र तृप्ती खड्काको स्वर रहेको छ । डा। उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन् ।

उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै डा. उपाध्यायका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु समेत दर्शक श्रेताहरुका लागी उपलव्ध रहेका छन् ।