Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

यसरी फाल्नुहोस अनुहारमा भएका अनावस्यक रौंलाई

Monday, September 7, 2020 National Power

एजेन्सी-महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ । अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन ।

धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै – विस्तारै रौंहरु कम गर्दै लैजान्छ ।

एक चम्चा बेसनको पिठो, एक चम्चा चिनीको धुलो र एक चम्चा कागतीको रस मिसाउने र त्यसलाई अनुहारमा लगाउने । उक्त प्याक लगाएर सुख्खा भएपछि भिजेको कटनको कपडाले प्याक लगाएको विपरित दिशाबाट रगड्दै निकाल्ने । अनुहारको जुन ठाउँमा धेरै रौं छ त्यहाँ प्याक बाक्लो गरेर लगाउने ।

अनुहारमा धेरै मात्रामा रौं छ भने हप्तामा ३ पटक वा २ पटक प्रयोग गर्ने । यसले विस्तारै रौं हराउँदै जान्छ ।