Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

यसरी फाल्नुहोस अनुहारमा भएका अनावस्यक रौंलाई

Monday, September 7, 2020 National Power

एजेन्सी-महिलाहरुको अनुहारमा आउने स–साना रौंहरुले धेरैलाई दुख दिइरहेको हुन्छ । कसैको अनुहारमा अत्याधिक मात्रामा देखिने गरी नै रौंहरु पलाएर समस्या पारिरहेको हुन्छ । अनुहारमा थोरै मात्रामा रौं भएको खण्डमा ब्लिच गरेर पनि त्यसलाई लुकाउन सकिन्छ तर धेरै रौं हुनेहरुका लागि ब्लिज प्रभावकारी हुँदैन ।

धेरै रौं हुनेहरुले विभिन्न माध्यमबाट रौं उखेलेर फाल्ने गर्छन् । तर यसको लागि केही प्राकृतिक उपायहरु पनि छन् । जसले विस्तारै – विस्तारै रौंहरु कम गर्दै लैजान्छ ।

एक चम्चा बेसनको पिठो, एक चम्चा चिनीको धुलो र एक चम्चा कागतीको रस मिसाउने र त्यसलाई अनुहारमा लगाउने । उक्त प्याक लगाएर सुख्खा भएपछि भिजेको कटनको कपडाले प्याक लगाएको विपरित दिशाबाट रगड्दै निकाल्ने । अनुहारको जुन ठाउँमा धेरै रौं छ त्यहाँ प्याक बाक्लो गरेर लगाउने ।

अनुहारमा धेरै मात्रामा रौं छ भने हप्तामा ३ पटक वा २ पटक प्रयोग गर्ने । यसले विस्तारै रौं हराउँदै जान्छ ।