Saturday 5th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

सुदूरपश्चिमका अस्पतालमा १०२ जना कोरोना संक्रमितको उपचार हुँदै

Monday, September 7, 2020 National Power

कैलाली – सुदूरपश्चिम प्रदेशका बिभिन्न अस्पतालहरुमा १०२ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ३६, टिकापुर ३१, महाकाली २०, अछाम १०, डोटी २, डडेल्धुरा २ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।

१ हजार १८३ जना भने सामन्य उपचारपछि घरफर्कि सके भने शंकास्पद १४ जना आईसोलेसनमा छन । प्रदेशका ९ वटै जिल्लामा १०० आइृसोलेसन सेन्टरमा ३ हजार ९१८ बेडहरु छन । सो बेडमा २ सय ६८ पुरुष र १ सय ८१ म्हिला र होम आईसोलेसनमा १ सय ५७ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह काक्री ले रातोपाटी लाई जानकारी दिए ।

हालसम्म ५ हजार १११ जना संक्रमित निको भएर घर गएका छन् । शुक्रबार बिभिन्न अस्पतालबाट ६९ जना कोरोना जितेर घर गएको उनले बताए । यसअघि नै ११ जना संक्रमितको मृत्यु भइसकेको छ ।

अझै प्रदेशमा ८ सय ५४ जना सकृय संक्रमित रहेका छन । अछाम ७४, बैतडी५६, बझाङ्ग १०८, बाजुरा ८, डडेल्धुरा २०, दार्चुला ९, डोटी ८९, कैलाली ४३८ कंचनपुर ५२ जना सकृय संक्रमित रहेको उनले बताए ।

६५ हजार ६९८ नमुना जाच मध्य ५ हजार ९७६ मा संक्रमण पुस्टी भईसकेको छ भने ५९ हजार ७२२ नमुना नेगेटिभ आएको छ । ८ सय ५४ नमुनाको रिजल्ट आउन बाँकी छ ।

बितेको २४ घण्टामा बिभिन्न अस्पतालको कोरोना प्रयोग शालाबाट गरिएको नमुना परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ ।