Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

१० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

Sunday, September 6, 2020 National Power

सर्लाही – इलाका प्रहरी कार्यालय बरथवहा, सर्लाहीले विभिन्न स्थानबाट संकलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरेको १० हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको हो ।

कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी सर्लाही बसबरिया गाउँपालिका–१ र धनकौल गाउँपालिका– ३ स्थितमा मानिसहरुले अवैध रुपमा उत्पादन गरेर राखेको मदिरा नष्ट गरिएको डीएसपी उद्धव सिंह भाटले बताए ।

तयारी अवस्थाको १० हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको डीएसपी भाटले जानकारी दिए । उनले भने, ‘मदिरासहित प्लाष्टिकको ४७ थान ड्रम, २ थान हण्डी, सिलिण्डरलगायतहरु सामानहरु पनि बरामद भएको छ ।’

डीएसपी भाटका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याइ कारवाही गरिनेछ । भारतको बिहारमा मदिरा निषेध भएकोले नेपालबाट सिमापारी अवैध घरेलु मदिरा तस्करी हुने गरेको एक स्थानीयले बताए ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिको सक्रियतामा विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ ।

मदिरासहित बरामद गरिएका भाँडाकुडा प्रहरी कार्यालयमै राखिएको छ । डीएसपी भाटले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए ।