Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

भारतमा तैनाथ गोर्खा सैनिकलाई नेपाल फर्काउन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको माग

Sunday, September 6, 2020 National Power

काठमाडौं – भारतले आफ्नो मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लद्दाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ ।
भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३÷९ जिआर र ४÷१ जिआरका झण्डै चार हजार गोर्खाली सैनिक परिचालन गरेर नेपाल–चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको मोर्चाको ठहर छ । मोर्चाका तर्फबाट अध्यक्ष फणीन्द्र नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सन् १९४७ नोवेम्बर ९ को गोर्खा भर्ती सम्बन्धी त्रिदेशीय सम्झौता रद्द गरी त्यहाँ कार्यरत नेपाली युवकहरूलाई नेपाल फर्कन आदेश जारी गर्न सरकारलाई अनुरोध गरेका छन् ।‘नेपाल र नेपालीको निकटतम मित्र चीनका विरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण युद्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पु¥याउने’ भन्दै उनले गोर्खा भर्ती सम्झौता तत्काल रद्द नगर्ने हो भने चीन र इन्डियाबीच अनपेक्षित रूपमा युद्ध भड्किएका खण्डमा नेपाल–भारतको पक्षबाट चीनविरुद्धको युद्धमा सामेल भएको मान्न कर लाग्ने प्रष्ट पारेका छन् ।
‘तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।