Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

भारतमा तैनाथ गोर्खा सैनिकलाई नेपाल फर्काउन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको माग

Sunday, September 6, 2020 National Power

काठमाडौं – भारतले आफ्नो मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लद्दाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ ।
भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३÷९ जिआर र ४÷१ जिआरका झण्डै चार हजार गोर्खाली सैनिक परिचालन गरेर नेपाल–चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको मोर्चाको ठहर छ । मोर्चाका तर्फबाट अध्यक्ष फणीन्द्र नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सन् १९४७ नोवेम्बर ९ को गोर्खा भर्ती सम्बन्धी त्रिदेशीय सम्झौता रद्द गरी त्यहाँ कार्यरत नेपाली युवकहरूलाई नेपाल फर्कन आदेश जारी गर्न सरकारलाई अनुरोध गरेका छन् ।‘नेपाल र नेपालीको निकटतम मित्र चीनका विरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण युद्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पु¥याउने’ भन्दै उनले गोर्खा भर्ती सम्झौता तत्काल रद्द नगर्ने हो भने चीन र इन्डियाबीच अनपेक्षित रूपमा युद्ध भड्किएका खण्डमा नेपाल–भारतको पक्षबाट चीनविरुद्धको युद्धमा सामेल भएको मान्न कर लाग्ने प्रष्ट पारेका छन् ।
‘तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।