Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

झोटन मेहताको अपन स्वर्ग नेपाल भिडियो सहित

Sunday, September 6, 2020 National Power

काठमाण्डौ – कर्मठ राष्ट्रसेवक कर्मचारी एवं गीतकार/संगीतकार/गायक झोटन मेहताको राष्ट्रिय भावले ओतप्रोत भएको मैथली भाषाको अपन स्वर्ग नेपाल बोलको गीत सार्वजानिक भएको छ । ईशापाली टि.भी. नामको यूटुद्यव च्यानल मार्फत सार्वजानिक गरिएको उक्त गीतले राष्ट्रियताका विविध पाटोलाई सम्वोधन गरेको गीतका सर्जक एवं गीतकार/संगीतकार/गायक मेहेताले वताएका छन् ।

झोटन मेहता र सुनिता कार्कीको स्वरमा सजिएको उक्त गीतको शब्द÷संगीत मेहता स्वयंमको रहेको छ भने राजीव साहले गीतको संगीत संयोजन गरेका हुन् ।

मेहता गीत–संगीतको श्रृजनामा मात्रै होईन भिडियो निर्देशनको क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन् अपन स्वर्ग नेपाल वोलको गीतलाई पनि झोटन आफैंले निर्देशन गरेका हुन । झोटनका अनुसार उक्त भिडियोमा नायक राजेश हमाल, विराज भट्ट, कलाकार रश्मी भट्ट, संचारकर्मी मनोहरी थापा, सामाजिक अभियन्ता रमेश प्रसाईका साथै रश्मी राई, अशोक दर्जी, टंक वुढाथोकी, सम्झना कार्की, देवराज आचार्य लगायत दर्जनौ कलाकारहरुको अभिनय रहेको छ भने गीतको छायांकन र सम्पादन देवराज आचार्यले गरेका छन् ।