Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

सन्दीपले विकेट लिएको खेलमा सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित जमैका पराजित

Sunday, September 6, 2020 National Power

काठमाडौं- सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उनी आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ ।ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो ।

टस जितेर जमैकाले ब्याटिङ राजेको थियो । निर्धारित २० ओभरको खेलमा जमैकाले चार विकेटको क्षतिमा १६१ रन बनायो । एक सय ६२ रनको विजयी लक्ष्य बार्बाडोसले १८ दशमलव २ ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो ।

बार्बाडोसका लागि कप्तान जेसन होल्डरले ६९ रन बनाए । यस्तै जोनाथन कार्टरले ४२ तथा मिचेल स्याटनरले अविजित रहँदै ३५ रनको योगदान दिए । बलिङतर्फ जमैकाका लागि सन्दीप, ओशाने थोमस र प्रिस्टन मस्वीनले एक एक विकेट लिए ।

किफायती बलिङ गर्ने क्रममा सन्दीपले ४ ओभरमा २६ रन खर्चिए । उनले बार्बाडोसका कप्तान होल्डरको विकेट लिएका थिए ।

यसअघि ब्याटिङ गरेको जमैकाका लागि जेर्मेनी ब्ल्याकउडले सर्वाधिक ७४ रन बनाए । यसमा उनको चार छक्का र पाँच चौका सामेल थियो । यस्तै आन्द्रे रसेलले २८ बलमा पाँच छक्का र चार चौकाको मद्दतमा ५४ रनको अर्धसतकीय पारी खुले ।

ग्लेन फिलिप्सले १७ रन बनाए । बलिङतर्फ बार्बाडोसका जोसुवा बिशप, जेसन होल्डर, राशिद खान र हेडेन वाल्सले एक एक विकेट लिए ।

सन्दीप आबद्ध जमैकाले लिग चरणको अब एक मात्र खेल खेल्न बाँकी छ । जमैका यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अङ्क तालिकाको चौथो स्थानमा रहेको जमैकाले अब सेमिफाइनल भने शीर्ष स्थानको ट्रिनबागो नाइट राइडर्ससित खेल्नुपर्ने छ ।
प्रतियोगितामा सन्दीपले उत्कृष्ट बलिङ गर्दै आएका छन् । उनले हालसम्म नौ खेलमा ११ विकेट लिन सफल भएका छन् ।