Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पुल्चोक झडपमा संलग्नलाई खोजी खोजी पक्राउ गर्न थालेपछि नेवार समुदायका १९ वटा संघसंस्थाको आपत्ती

Sunday, September 6, 2020 National Power

ललितपुर- मच्छिन्द्रनाथको रथ तान्न गएको समुहलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नलाई खोजी खोजी पक्राउ गरेको घटनाको नेवार समुदायले आपत्ती जनाएका छन् । नेवार समुदायका १९ वटा संघसंस्थाले आज एक विज्ञप्तिमार्फत् उक्त कदमप्रति आपत्ती जनाउँदै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् ।

प्रहरीले धरपडक गरेको भन्दै उक्त कार्य बन्द गरी हिरासतमा रहेका सबैलाई निःशर्त रिहा गर्न अपिल समेत गरिएको छ । नेपाल भाषा मंका खल: लगायत १९ सै जातीय खलः पुचः को गम्भिर ध्यान आकृष्ट भएको समेत जनाइएको छ ।

विज्ञप्तिमा आपसी सरसल्लाहमा समाधान गर्न सक्ने मान्यताका साथ सबैलाई संयमित रहन समेत अपिल गरिएको छ । रथ जात्रा सम्पन्न गर्न जातीय खलः पुचः प्रयासरत रहेको र सबैसँग समन्वय गरी अघि बढ्न तयार रहेको अवगत गराइएको छ ।

यसअघि बिहिबार भएको झडपका क्रममा संलग्नलाई प्रहरीले भिडियो हेरेर खोजी गरेको थियो । उनीहरुको हुलियाका आधारमा ठेगाना पत्ता लगाउँदै पक्राउ गरिएको हो । यसप्रति नेवार समुदायले गम्भीरता देखाएको हो ।