Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

चीन बन्यो विश्वकै ठुलो नौसेना भएको मुलुक

Thursday, September 3, 2020 National Power

एजेन्सी – चीन विश्वको ठुलो नौसेना भएको मुलुक बनेको छ । उसले नौसेनाको आकारमा अमेरिकालाई उछिनेको छ । चीनले एक दशकमो अहिलेको नौसेनालाई दोब्बर बनाउने उद्देश्य समेत लिएको छ । उसले इन्डो प्यासिफिक क्षेत्रमा सामरिक पहुँच विस्तार गर्दै लगेको छ ।

पेन्टानगनको रिपोर्ट उल्लेख गर्दैै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनसँग ३५० युद्धक जहाज र युद्धपोत रहेको छ । अमेरिकासँग २९३ वटा युद्धपोत छ । अमेरिकासँग ११ वटा एक लाख टन युद्धकविमान बोक्ने नौसेनिक युद्धपोत रहेको छ । चीनसँग हाल ८ वटा यस्तो युद्धपोत रहेकोमा दुईवटा निर्माणको उद्देश्यमा रहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

चीनले अफ्रिका, दक्षिण एशियालगायतका क्षेत्र नजिकका समुन्द्रमा पहुँच बढाउन थालेको छ । उसले कपितय क्षेत्रमा स्टेशन समेत बनाइसकेको छ