Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

विश्वभर एक करोड ८४ लाखले जिते कारोना, आठ लाख ६७ हजार बढीले ज्यान गुमाए

Thursday, September 3, 2020 National Power

काठमाडौं- विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ६१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख ७७ हजार एक सय ११ नाघेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ६७ हजार तीन सय ४६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ८४ लाख ४२ हजार एक सय ७५ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८९ हजार नौ सय ६४, ब्राजिलमा एक लाख २३ हजार आठ सय ९९, भारतमा ६७ हजार चार सय ८६, मेक्सिकोमा ६५ हजार आठ सय १६ जनाले ज्यान गुमाएका छन् । नेपालमा हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ५१ जना नाघेको छ ।