Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

नेकपा सचिवालय बैठकमा यी हुन् एजेन्डा

Thursday, September 3, 2020 National Power

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज ११ बजे बस्ने भनी ४ बजेका लागि सारिएको छ । पार्टी एकताका लागि सहमतिको खाकालाई अन्तिम रुप दिनेबारे छलफल केन्द्रित हुने भएकाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक निकै महत्वपूर्ण हुनेछ ।

बैठकमा पार्टी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलको सुझावलाई अन्तिम रुप दिई पारित गर्नेबारे छलफल हुने बुझिएको छ । यसबारे वृस्तृत छलफल गरी स्थायी कमिटी बैठकमा सहमतिको खाकालाई पारित गर्नेबारे छलफल हुने सचिवालयका एक नेताले जानकारी दिए ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लाने पुरानो निर्णय कार्यान्वयन गर्नेबारे पनि सचिवालयमा छलफल हुने भएको छ । गौतम सरकारबाट सिफारिश भई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य बन्न इच्छुक देखिएका छन् । उक्त निर्णय कार्यान्वयनको टुंगो लगाइने गरी छलफल हुने बुझिएको छ ।

बैठकमा मन्त्रिमण्डल पुर्नगठनसम्बन्धी विषयबारे पनि छलफल हुने भएको छ । कार्यदलको सुझावमा यो विषय पनि उल्लेख छ । बैठकमा यी एजेन्डाबारे गम्भीर छलफल गरी स्थायी कमिटी बैठकबाट पारित गराउनेबारे छलफल हुने बुझिएको छ ।